मेलम्चीले खुट्टा टेकिसक्यो, अबश्य अघि बढ्ने छ : मन्त्री मगर

अ+
अ
अ-

शरद रेग्मी : दाङ, २३ जेठ । खानेपानी मन्त्री बिना मगरले मेलम्चिको पानी काठमाडौं ल्याउने कार्य अघि बढिरहेको बताएकी छिन् ।
रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्मकार कार्यक्रममा मन्त्री मगरले यस्तो बताईन् ।

‘ मेलम्चिको पानीको बिषयमा काठमाडौं मात्रै होईन्, देशभरमा चासो बढिरहेको छ ’ उनले भनिन्‘ मेलम्चिले खुट्टा टेकिसकेको छ, अबश्य पनि अघि बढ्नेछ ।’ रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री मगरले देशभर खानेपानीको समस्या रहेको भन्दै यो समस्यालाई समाधान गर्न मन्त्रालय लागिरहेको समेत बताईन् ।