अ+
अ
अ-
बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस, चीन, भारतजस्ता देश प्रदुषणको समस्याप्रति गम्भिर नभएको आरोप लगाएका छन् ।एक बेलायती टेलिभिजनलाई अन्र्तवार्ता दिँर्द उनले यसतो बताएका हुन् ।
अन्तवार्तामा उनले यी देशहरुमा हावा, पानी प्रदुषित भएको र यसलाई नियन्त्रण गर्ने सोच पनि नभएको टिप्पणी गरेका छन् । ‘भारत लगायत कतिपय देशमा स्वच्छ हावा छैन, न सफा पानी नै ।
यदी तपाईं केही सहरमा पुग्नुभयो भने।।। म यी सहरका नाम लिन चाहन्न तर लिन पनि सक्छु । यी सहरमा तपाईं सास फेर्न पनि सक्नुहुन्न ।’उनले अमेरिका संसारका सबैभन्दा सफा देशहरुमध्ये एक भएको दाबी पनि गरे ।



