काठमाडाैं । प्रदेश नम्बर पाँच सरकारका मुख्यमन्त्री शङ्कर पोखरेल इटहका मेयर द्वारिकलाल चौधरीको भिव्यक्ति अस्वाभाविक र गलत भएको बताउनु भएको छ । उहाँले समामाजिक सञ्जाल फेसबुकमा मेयर चौधरी भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति अस्वाभाविक र गलत भएको बताउनु भएको हो ।
उहाँले इटरिका मेयर चौधरी हक्की स्वभावको भएको भन्दै पार्टीको मान्यताका बारेमा मेयरका बुझाइहरू पूर्णता त्रुटिपूर्ण रहेको पनि बताउनु भएको छ । मुख्यमन्त्री पोखरेल फेसबुकमा लेख्नुहुन्छ- ‘इटरिका मेयर द्वारिकलाल चौधरी हक्की स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिबाटै थाह हुन्छ । तर पार्टीको मान्यताका बारेमा भने उहाँका बुझाइहरू भने पूर्णता त्रुटिपूर्ण छन् ।’
नेकपा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यताप्रति दृढ रहनु पर्ने पनि बताउनु भएको छ । उहाँले जवजवाट दीक्षित कार्यकर्ता त लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन प्रति झनै प्रतिबद्ध रहनुपर्ने पनि बताउनु भएको छ ।
उहाँले मेयर चौधरीले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्म आलोचना गर्नु पर्ने पनि बताउनु भएको छ । मुख्यमन्त्री पोखरेल लेख्नु हुन्छ- ‘आक्रोश पितपत्रकारिता र भ्रष्टाचार विरुद्ध भएपनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्म आलोचना गर्नु उचित हुनेछ ।’



