ज्येष्ठ महिनामा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर भ्रम फैलाएको भन्दै ३६ वर्षीयअर्जुन क्षेत्रीलाई गौशाला क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताए । अर्जुन एक अन्तर्वार्तामार्फत यहि ज्येष्ठ २८ गते भित्रै ६ देखि ७ रेक्टर स्केलको भूकम्प जाने खतरा देखाएका छन् ।
बेलाबेला विभिन्न विवादमा पर्दै आएका युवा ज्योतिष क्षेत्रीलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार गौशालाबाट पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
उनको यस्तो भ्रमात्मक भविष्यवाणीले सर्वसाधारणलाई त्रशित पारेको भन्दै उनलाई पक्राउ गरेको बोगटीले बताउनुभयो । युवा ज्योतिष क्षेत्री पछिल्लाे पटक विभिन्न विषयमा भविष्यवाणी गरेर मिडियामा छाइरहेका थिए । प्राकृतिक विपदबारे आम मानिसमा भ्रम सिर्जना गरेकोले युवा ज्योतिष क्षेत्रीमाथि फौजदारी अभियोगको आरोप लागेको प्रवक्ता बाेगटीको भनाइ छ ।



