पानी बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा शिवरत्नको मृत्यु

अ+
अ
अ-

ललितपुरको गोदावारी नगरपालिका–१४ थैवमा पानी बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा२ख ७३५४ नंको ट्याङकरले बा५०प ३६७१ नं को मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक सोही ठाउँका ४० वर्षीय शिवरत्न शाहीको मेडिसिटी अस्पताल नख्खुमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ट्याङ्कर चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

गाँजा खेती नष्ट – काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका विभिन्न ठाउँमा लगाइएको गाँजाखेती आज प्रहरीले नष्ट गरेको छ । झण्डै एक हजार २०० रोपनीमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो ।