नेपालमा चिकित्सकले विरामी हेर्ने समय औषतमा ५ मिनेट

अ+
अ
अ-

काठमाडौँ । बिरामी भएर चिकित्सक कहाँ पुग्दा जो कोहीलाई पनि पिडा हराएको महसुस हुन्छ । आफ्नो समस्या बेलिविस्तार लगाउन पाए हुन्थ्यो भन्ने विरामीको चाहना पुरा हुन सक्दैन । कारण, चिकित्सकले दिने समय पर्याप्त हुँदैन ।

सोमबार हाम्रो टिम बिर अस्पताल पुग्यो सरकारी अस्पतालमा बिरामीले डक्टरको कति समय पाउछन् त ? त्यसो त अस्पतालका बिभाग र लक्षण को अवस्था ले चिकित्सकले बिरामीलाई कति समय दिने भन्ने हुन्छ । तर, अन्तर्राष्ट्रिय मान्यता कम्तिमा १० देखी १५ मिनेट दिनुपर्ने भन्ने छ ।

गत हप्ता बेलायतका सरकारी चिकित्सकले बिरामीलाई हेर्न १० मिनेट समय कम भएको भन्दै बढाउन माग गरेका थिए । तर नेपालको सरकारी अस्पतालमा बिरामीको चाप र चिकित्सकको संख्यामा भारी अन्तर छ । बिर अस्पतालमा एकपटकमा ४० र ५० जना चिकत्सक ओपीडीमा बसेको देखियो तर दैनिक ओपिडी आउने बिरामीको संख्या २ हजार देखी २५ सयको हाराहारीमा छ ।
वार्ड इमर्जेन्सी बाहेक एक रेजिडेन्ट डक्टरले ओपिडीमा मात्रै एकदिनमा ५० देखी ६० बिरामी जांचछन् । त्यसो बिर अस्पतालमा १७९ चिकित्सकको दरबन्दी छ तर यी सबै चिकित्सक अस्पतालमा भेटिदैन् ८० रेजिडेन्ट चिकित्सक छन् एकदिनमा ओपिडी बस्ने चिकित्सकको संख्या ४० र५० हुन्छ ओपिडी रेजिडेन्ट चिकित्सकले नै धानेका छन् । दैनिक आउने कुल बिरामीको संख्या २५ सयको हाराहारीमा छ ।

अझ बिर अस्पताल त सबै भन्दा बढी चिकित्सक भएको अस्पताल हो । जिल्लाका अस्पतालहरुमा एकदिनमा सय जना सम्म बिरामी जाँच्ने चिकित्सक बताउछन् । सरकारी सेवामा हाल १२ सय ८० चिकित्सक मात्र कार्यरत छन् । हरेक सरकारी अस्पतालमा बिरामीको चाप उच्च छ ।यसले गर्दा कतिपय चिकित्सकले बिरामीलाई ५ मिनेट समय पनि मुस्किल ले दिन्छन् ।