समाचार

मोटरसाइकल चोरी गर्दै गर्दा चार जना परे प्रहरीको फन्दामा

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोटबाट चार जनालाई पक्राउ गरेको छ । बालकोट प्रहरी प्रभागको टोलीले गएराति मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहटका १८ वर्षीय दर्शन गौतमलगायत चार जनालाई पक्राउ गरेको हो ।

बालकोटको धर्मराज भुसालको घर कम्पाउण्डभित्र पार्किङ गरिराखेको बा९७प १२१५ नंको मोटरसाइकल चोरी गरी लाँदै गरेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *