समाचार

भकुण्डेमा भैँसीले ८० वर्षीय वृद्धको ज्यान लियो

बागलुङ । बागलुङको भकुण्डेमा छिमेकीको भैँसीले हानेर एक वृद्धको मृत्यु भएको छ । छिमेकीको घरबाट फुस्केर आएको भैसीले हानेर बागलुङ नगरपालिका वडा नं। १० भकुण्डेका ८० वर्षीय छविलाल सार्कीको मृत्यु भएको बागलुङ जिल्लाका नायव प्रहरी उपरीक्षक झबिन्द्र भट्टराईले जानकारी दिनुभयो ।

मंगलवार दिउसो मृतक सार्कीका छिमेकी प्रेम बहादुरको गोठमा बाँधेको भैँसी अचानक फुस्केर आएपछि ८० वर्षीय सार्कीलाई हानेको थियो ।भैसीले हानेपछि बेहोस भएर ढलेका सार्कीलाई उपचारका लागि सदरमुकाम ल्याउने क्रममा मृत्यु भएको हो । धौलागिरी अञ्चल अस्पतालले सार्कीलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका नायव उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *