समाचार
पौडी खेल्न गएका तीन जना साथीको एकै पटक पोखरीमा डुबेर गयो ज्यान, सिंगो गाँउ नै शोकमा
कपिलवस्तु- कपिलवस्तुको सुरई खोलामा पौडी खेल्ने क्रममा डुबेर ३ युवाको मृत्यु भएको छ।स्थानीयका अनुसार मृत्यु हुनेमा गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुसाल र माया सुनारका छोरा सुमित सुनार रहेका छन्।
शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी विजयनगर गाउँपालिका( ६ का ३ युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो ।तीन जनाको उमेर १८ वर्षदेखि २२ वर्षका रहेको बताइउको छ ।तीन युवाको मृत्य पछि पुरै गाँउ शोकमा डुबेको छ ।


