समाचार

पोखराको एनसेल कार्यालय नजिकै बम भेटियो , ‘टाइम बम’ विस्फोट हुदा नख्खु एनसेल आक्रमणमा संलग्‍नको मृत्यु !

काठमान्डौ , पोखरा महानगरपालिका सृजनाचोक र फिर्केचोकको विचमा शंकास्पद बस्तु भेटिएको छ ।एनसेलको कार्यालय नजिकै रहेको बम जस्तो देखी पछि प्रहरीले त्यसलाई शुरक्षीत गरि राखेको छ । प्रहरीले डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाएका छ ।अहिले प्रहरीले सवारी साधनलाई हिड्न समेत रोकेको छ । स्थानीयका अनुसार शंकास्प बस्तु बम नै भएको भनाई छ ।विप्लव माओवादीले कार्यकर्ता हत्या गरेको भन्दै जेठ १३ गते नेपाल बन्दको आवाहन गरेको छ । यता राजधानीका दुई स्थानमा भएको विस्फोट टाइम बम बनाउने क्रममा भएको खुलासा प्रहरीले गरेको छ ।

खाना पकाउने ग्यास सिलिन्डरलाई टाइम बम बनाउने क्रममा प्राविधिक गडबडी भइ दुवै स्थानमा विस्फोट भएको प्रहरीले सुरुवाती निचोड निकालेको छ। प्रहरी उच्च स्रोतका अनुसार टाइम बम बनाउने क्रममा पड्किँदा घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको एक तल्ले घर र सुकेधारास्थित शैलुनमा टाइम बम बनाउने क्रममा तीनजनाको ज्यान गएको हो। प्रहरी स्रोतले यी विस्फोटमा मारिनेमा नेत्रविक्रम चन्द ‘विप्लव’निकट नेवा: मुक्तिमोर्चाका अध्यक्ष राजेन्द्र महर्जनसहित तीनजना रहेका जानकारी दिएको छ। ज्यान गुमाउने महर्जन नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा एकजनाको ज्यान जाने गरी भएको घटनामा संलग्नमध्ये एक थिए । यो घटनामा प्रहरीले महर्जनलाई खोजीको सूचीमा राखेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *