समाचार

`ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान´काे खेलकुद क्षेत्रमा सकारात्मक भूमिका

जेष्ठ २५ आइतबार ,२०८२
काभ्रेपलान्चोक । “ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान´´बनेपा काभ्रेले विगत ५ वर्ष देखि गर्दै आएको`राेड रेस´प्रतियाेगिता यस वर्ष पनि गर्ने भएको छ। प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरि उक्त कुराकाे जानकारी गराएको हो ।

प्रतिष्ठानले आगामी जेठ ३१ गते शनिवार पाँचौ ज्ञानकुञ्ज रेड रेस गर्ने भएको हो । एस.ई.ई.परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई स्वस्थ राख्न र अनावश्यक कुलतबाट बच्दै कुशल नेतृत्व स्थापित गर्न भूमिका खेल्ने उदेश्यले खेलकुद मार्फत सहि बाटाेमा हिडाउन कार्यक्रम गर्न लागिएको जनाईएको छ।
काभ्रेको व्यापारिक तथा सँस्कृतिक नगरी बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध आतिरिक्त क्रियाकलाप गर्दै आएको छ। साे प्रतिष्ठानले २३ वर्षदेखि शैक्षिक तथा नैतिक ,व्यवहारिक र व्यवसायिक शिक्षामा याेगदान गरिरहेकाे छ।

शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यका अनुसार प्रतियाेगितामा प्रथम ,द्वितीय,तृतीय हुनेले क्रमशः ३०,२०,१० हजार नगद पुरस्कार पाउने छन् । पुरस्कार छात्र,छात्रा समुहले ३०,२०,१० हजार रकम प्राप्त गर्ने छन् । प्रतियाेगितामा सामेल हुने प्रतियाेगिले एस.ई.ई परिक्षाकाे प्रबेशपत्रकाे सक्कली प्रमाणपत्र ,हालसालै खिचेकाे फाेटाे र प्रधानअध्यापकले प्रमाणित गरेकाे पत्र राखेर फारम भर्नु पर्ने छ। फारम अनलाइनबाट वा भौतिक उपस्थितिमा बुझाउन सकिन्छ । फारम दर्ता शुल्क जम्मा १ सय रुपैयाँ लाग्ने छ। प्रतियाेगितामा भाग लिन चाहनेले जेठ २९ गतेसम्म नाम दर्ता गर्न सक्ने छन् ।

व्यवस्थापक तथा संचालक – प्रताप बैद्द
राेड रेस प्रतियाेगितामा छात्राहरुकाे हकमा बनेपा तिनदाेबाटाे- चारदाेबाटाे हुँदै चण्डेश्वरीसम्म ३.६ किलोमिटर रुट निर्धारण गरिएको छ। यस्तै छात्रहरुले पनौती बसपार्कदेखि ज्ञानकुन्ज विद्यालयकाे प्राङ्गणसम्म ७ किलोमिटर दुरी पार गर्नु पर्ने छ।

याे प्रतियाेगितामा देश भरीबाट विद्यार्थीहरु सहभागी हुन सक्ने आयाेजकले बताएका छन् । काभ्रे जिल्लामा आयाेजना भए पनि यो राष्ट्रिय स्तरकाे खेलकुद प्रतियाेगिता हो । गत वर्ष १२० जना पुरुष र महिला ८५ जनाले सहभागीता जनाएका थिए।

कार्यक्रममा राष्ट्रिय स्तरकाे खेलाडी उपस्थित गराइने छ। राष्ट्रिय खेलाडीको उपस्थितिले स्थानीय खेलाडीलाई प्राेत्साहन हुने विद्यालयका व्यवस्थापक तथा संचालक प्रताप वैद्यकाे अपेक्षा रहेको छ। हाम्रो चौथाे वर्षकाे खेलकुद व्यवस्थापन देखेर भक्तपुरका एक विद्यार्थी ज्ञानकुञ्जमा पढन आएको स्मरण गर्दै वैद्यले गुणस्तरीयतामा ध्यान दिएको बताउनुभयो ।

उक्त कार्यक्रमकाे आर्थिक व्यवस्थापन विद्यालय एक्लैले गर्ने छ। रेसमा ३१ गते बिहान ५:३० बाट सुरु भई ९ बजे समाप्त हुने छ। प्रतियाेगिका लागी खाना ,टिसर्ट र प्रमाणपत्र आयोजकका तर्फबाट गरिने बताएको छ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनाेद कुमार न्यौपानेले विद्यालयले गर्ने यस्ता प्रतियाेगिताले विद्यार्थीलाई मानसिक र शारीरिक वृद्धि विकास हुनुका साथै कुशल खेलाडीहरुलाई राष्ट्रिय स्तरमा हुने प्रतियाेगिताकाे लागि प्रेरणा मिल्ने बताउनु भयो । उहाँले भन्नू भयो ,`जिल्लाका शैक्षिक संस्थाले गर्ने सकारात्मक कार्यमा नेपाल पत्रकार महासंघ र संचारकर्मिहरुकाे सहयोग सधैं रहिरहने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *