समाचार

काठमाडौं मेडिकल कलेजमा एमविविएस अध्ययनरत विद्यार्थी मृत फेला

काठमाडौं,२५जेठ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौंथो वर्षमा अध्ययनरत शिशिर खनाल मृत अवस्थामा फेला परेका छन्। गत जेठ १७ गतेदेखि हराएका खनाल शनिबार अपरान्ह कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्।
अर्घाखाँची घर भएर कोटेश्वरमा बसी पढ्दै आएका खनालको खोजीमा जुटेको प्रहरीले उनको मोटरसाइकल कीर्तिपुरस्थित पुष्पलाल पार्कमा फेला पारेको थियो। मोटरसाइकल भेटिए पनि उनी बेपत्ता थिए।
महानगरीय प्रहरी परिसरका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृत भेटिएका खनालले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ। खनालका परिवारले प्रहरीलाई जानकारी दिएअनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए।
दुईवटा मोबाइल बोकेपनि खनालको फोन स्विच अफ देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। खनालले आफू बेपत्ता हुनुअघी आफ्नो फेसबुक आइडि पनि बन्द गरेका थिए।
उनको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *