समाचार

सुनको भाउ अझै बढ्यो, तोलाको ६२ हजार ३ सय

काठमाडौँ / आज पनि सुनको कारोबार बढेको भाउमा भइरहेको छ । आज छापावाल सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *