समाचार

विश्वकप क्रिकेटका ३ जना सट्टेवाज पक्राउ

काठमाडौं । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेवाजी खेलाएको आरोपमा ३ जना पक्राउ परेका छन् । प्रहरीकाअनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका बज्र लामा, विद्युत् प्रकाश लामा र रामेछापका उमेश कार्की छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाकाअनुसार विजेश्वरी र न्यूरोडबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुले इन्डियन प्रिमियर लिग (आईपीएल) सहित फुटबल लगायतका विभिन्न खेलकुद प्रतियोगितामा पनि सट्टवाजी खेलाउने गरेका महाशाखाले जनाएको छ । उनीहरुको साथबाट एक लाख रुपैैयाँ नगद समेत बरामद भएको बताइएको छ । पक्राउ परेका व्यक्तिमाथि सट्टावाजी गर्न नहुने कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *