समाचार
खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर जगदिशको गयो ज्यान
बुटवल -करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा जगदिश तिमिल्सना रहेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीको स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले चौधरीले जानकारी दिए पाणिनी गाउँपालिका– ७ झन्द्रेक कोठामा बस्ने जगदिश माछा मार्ने क्रममा घाईते भई उपचारका क्रममा अस्पताले मृत घोषणा गरेको प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।



