समाचार
आगामी तीन दिनको मौसम : देशभर हावाहुरीसहित वर्षा
काठमाडौं : मौसमविदहरुले आंशिकदेखि सामान्य बदली भइ देशभर हावाहुरी, मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको छ । मौसम विज्ञान विभागले जारी गरेको नियमित बुलेटिन अनुसार आज (मंगलवार)देखि बिहीबारसम्म देशभर हावाहुरी र मेघ गजर्नसहित वर्ष हुने बताएको छ ।
मौसमविद मञ्जु बासीका अनुसार आज देशैभरि आंशिकदेखि सामान्य वदली रही पश्चिमी भु–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना छ। देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदलीरही मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
त्यस्तै बुधबार पनि देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थान र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जारी बुलेटिनमा उल्लेख छ । साथै राति पनि देशका अधिकांश स्थानहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद बासीले जानकारी दिए ।
बिहीबार बिहानको मौसम सामान्य रहेपनि दिउँसो पश्चिमी पहाडी भू–भागका केही स्थान र मध्य तथा पूर्वीका केही स्थानहरुमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लखे छ ।
देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रही मध्य तथा पूर्वी भु–भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद बासीले बताए ।



