समाचार

‘चौबन्दीचोलो र फरीया (सारी) सचेतना दिवस’ को सुभारम्भ

काठमाडौं । नेपालमा विदेशी पोशाकले स्थान जमाउदै गर्दा नेपालीपनका पोशाकहरुलाई स्थापीत गर्ने उदेश्यले लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेश को आयोजनामा ‘चौबन्दीचोलो र फरीया (सारी) सचेतना दिवस’ सचेतना अभियानको नव वर्षको दिन सुभारम्भ भएको छ । गुन्युचोलो पहिरनमा उपस्थित हुनुभएकी नेपालकी पहिलो महिला प्रधान न्यायाधिस शुशिला कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोप हुन लागेको नेपाली महिलाहरुको मौलिक पोशाकलाई बढावा दिंदै लैजानुपर्ने बताउनुभयो । नेपाली पोशाक चौबन्दीचोलो र फरियालाई अन्तराष्ट्रिय स्तरमा चिनाउने वातावरणको तयारीमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि लायन्स क्लबका मल्टिपल काउन्सील चीयरपर्सन बालकृष्ण बुर्लाकोटीले चौबन्दी चोलो र फरीयाको प्रयोगलाई अभियानकै रुपमा कार्यक्रम गर्दै विस्तार गर्न आवश्यक भएको बताउनुभयो ।
चौबन्दी र फरीया लगाएर सहभागी सो कार्यक्रममा शुभकामना दिेने क्रममा वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ समाजसेवी रुद्र कुमार जोशी, लायन्स क्लबका सेकेण्ड भिडिजी इन्दु लम्साल, पिएमसीसी गिरीधारी शर्मा लगायतका वक्ताहरुले नेपाली नारीहरुको पहिचानलाई कायम राख्न चौबन्दी चोलो र फरीयाजस्ता ऐतिहासिक पोशाक लगाउने अभियानलाई देशव्यापी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको थियो ।
उक्त शुभारम्भ कार्यक्रमको सभापितत्व लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेशका अध्यक्ष विना थापाले गर्नुभएको थियो भने डिस्ट्रिक एडभाइजर निरा बज्राचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन चौबन्दी चोलो र फरीया अभियानका अभियन्ता सचिब लक्ष्मी भद्रा ओझाले गर्नुभएको थियो ।
वरिष्ठ कलाकार वसुन्धरा भुषाल, वरिष्ठ गायक सूर्य थुलुङ, संगितकार विपिन आचार्य, विश्व हिन्दु महासंघका अन्तराष्ट्रिय महासचिब अस्मिता भण्डारी, समाजसेवी निलिमा श्रेष्ठ लगायत प्रवुद्ध वर्गको उपस्थिती रहेको उक्त कार्यक्रममा चौबन्दी चोलो र फरीया लगाउनेहरुको घुईंचोनै देखिन्थ्यो ।
हरेक बैशाख १ गतेलाई ‘चौबन्दीचोलो र फरीया (सारी) सचेतना दिवस’ को रुपमा मनाउने संकल्प सहित सम्पन्न सो कार्यक्रमले नेपाली महिलाहरुको आफ्नो पन संरक्षणमा ठूलो सहयोग पुगेको सहभागिहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *