समाचार

चोरीको मोटरसाइकल ओडारमुनी लुकाउने दुई युवा पक्राउ

रुकुम– रुकुम (पश्चिम)मा चोरी गरेको पल्सर मोटरसाइकल सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको मुसीकोट नगरपालिका ६ डाङडुङ्गेका २२ वर्षीय मुकेश रावल र १९ वर्षीय बसन्त रावललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। गत जेठ ९ गते राति जिल्लाको त्रिवेणी गाउँपालिका ६ माथिल्लो खाराका मनबहादुर घर्ती मगरको भे ८ प ९४१ नम्बरको मोटरसाइकल चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

पार्किङ गरि राखेको पल्सर मोटरसाइकल चोरी गरेर ओढारमुनी लुकाएर राखेको अवस्थामा बसन्तलाई गत १३ गते र मुकेशलाई १९ गते पक्राउ गरिएको खड्काले बताए। मोटरसाइकल हराएको जानकारी आएपछि विशेष अनुसन्धान टोलीले ओढारमुनी लुकाएको अवस्थामा मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको बताइएको छ। उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *