समाचार
ल्हाेसारकाे अवसरमा प्रधानमन्त्रीकाे शुभकामना सन्देश

पुस ,१५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तमु र दुरा समुदायले मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिनु भएको छ।
आज प्रधानमन्त्री दाहालले ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको हो । प्रधानमन्त्री दाहालले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नु भएको छ।
गुरुङ समुदायले मनाउने नयाँ वर्ष ल्हाेसार पर्वकाे अबशरमा आज सरकारले सार्वजनिक विदा दिएको छ।


