समाचार
असिनाले लाखौको तरकारीमा क्षति
जिल्लामा शुक्रबार र शनिबार राति परेको असिना पानीले लाखौँको तरकारी तथा फलफूलमा नोक्सानी गरेको छ । शुक्रबार र शनिबार राति करीब दुई घण्टा परेको असिनापानीले यहाँका किसानले लगाएका तरकारी, मकैबाली, फलफूल नष्ट गरेको बडिकेदार गाउँपालिका–१ विपीनगरका स्थानीयवासी रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “असिनाले उम्रिएका मकैका बोट, काँक्रालगायतका तरकारी नष्ट गरेको छ, किसानलाई निकै समस्या भएको छ ।”
असिनाले यहाँका गाउँघरमा रोपाइँ गर्न तयारी अवस्थामा रहेको धानको बीउमा समेत क्षति पु¥याएको केआइसिंह गाउँपालिका– २ का स्थानीयवासी दीपक खवासले जानकारी दिनुभयो । कृषि ज्ञानकेन्द्र सिलगढीले दिएको जानकारी अनुसार जिल्लामा असिनापानीले करीब दुई सय हेक्टर खेतमा लगाइएको तरकारी तथा फलफूलमा नोक्सानी भएको छ ।

