uncategorized

गणतन्त्र दिवसमा सुरक्षाकर्मीद्वारा संयुक्त सरसफाइ

इनरुवा / नेपाल-भारतका सुरक्षाकर्मीले संयुक्त रूपमा सीमा क्षेत्रमा सरसफाइ गरेका छन् । बुधबार १२ औं गणतन्त्र दिवसको अवसरमा उनीहरूले बोर्डर क्षेत्रमा सरसफाइ गरेका हुन । सशस्त्र प्रहरी बल बिओपी भण्टावारी, सीमा प्रहरी चौकी भण्टावारी र भारतीय एसएसबीले दसगजा क्षेत्रमा सरसफाइ गरेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी,स्थानीयबासीले कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित भण्टावारी बजार क्षेत्रमा सरसफाइ गरेका थिए । यसैगरी भारतीय एसएसबी सशस्त्र प्रहरी बल बिओपी भण्टावारी, सीमा प्रहरी चौकी भण्टावारी सहितको टोलि नेपाल भारत दसगजा क्षेत्रमा सरसफाइ गरेका थिए । अपराधीक क्रियाकलाप रोक्न सीमावर्ती क्षेत्र दुई देशका प्रहरीबीच सहकार्य आवश्यक रहेकोे सीमा प्रहरी चौकी भण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारले बताए ।

नेपालको गणतन्त्र दिवसमा सकारात्मक सन्देश दिने उद्देश्यले सरसफाइ गरेको ४५ औं बटालियन शैलेशपुर भिमनगरका एसएसबीका एसआई एन.टि भुटियाले बताए । इन्डियाको स्वतन्त्रता दिवसमा सशस्त्र प्रहरी र एसएसबीको टोलिले विभिन्न कार्यक्रम गर्ने गरिएको सशस्त्र प्रहरी बल बिओपी भण्टावारीले जनाएको छ । दुई देशका सुरक्षाकर्मी बीचसीमावर्ती क्षेत्रमा सहकार्यको भावना कायम रहेको बिओपी भण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *