uncategorized

यस कारण दुख्छ टाउको

टाउको दुख्नु आफैमा रोग हैन, टाउको दुख्ने समस्या धेरै मानिसमा भएको पाईन्छ । हामी सबैलाई कहिलेकाहीँ टाउको दुख्ने गर्छ । टाउको दुख्ने वित्तिकै डाक्टरलाई जचाउनै पर्छ भन्ने जरुरी छैन । लामो समयदेखि टाउको दुखेमा वा अचानक वेस्सरी दुख्न थालेमा डाक्टरको परामर्श लिनुपर्ने हुनसक्छ । त्यसैले टाउको दुख्ने वित्तिकै आत्तिनु हुँदैन । टाउको दुख्ने कारण सामान्य भएमा कुनै विशेष उपचारको आवश्यकता हुँदैन । पारासिटामोलको चक्की खान मिल्छ । तर असामान्य कारणहरु छन् भने डाक्टरको परामर्श लिनुपर्छ ।

टाउको दुख्ने कारणहरु

सामान्य कारणहरु ज्वरो आउने, धेरै मानसिक तनाव, रुघाखोकी, गर्मीमा हिँडेमा, टाईफाईड ज्वरो, चिसो लागेमा असामान्य कारणहरु माईग्रेन, पिनास, आँखाको समस्या, टेन्सन हेडेक, अनियन्त्रित रक्तचाप, मस्तिष्कको ट्युमर, आदी लामो समयदेखि टाउको दुख्ने कारणहरु माईग्रेन, आँखाको समस्या, टेन्सन हेडेक, क्रोनिक साईनुसाईटिस, माईग्रेन र टेन्सन हेडेक, मस्तिष्कको समस्या

कस्तो टाउको दुखाईमा जचाउनै पर्छ

मस्तिष्कमा केही समस्या भएको शंका भएमा तुरुन्तै डाक्टरलाई भेट्नुपर्ने हुन्छ । मस्तिष्कको संक्रमण,मस्तिष्कको ट्युमर वा स्ट्रोकको शंका भएमा तुरुन्तै न्यूरोलोजिष्ट वा फिजिसियनसंग जचाउनुपर्छ ।

खतराका संकेतहरु

१। उल्टी भएमा
२। सहन नसक्ने गरी दुखेमा
३। दृष्टिमा समस्या एउटा वस्तु दुई वटा देखिएमा, एउटा आँखाले राम्ररी नदेखिएमा,आँखा वाँगिएमा
४। होस कम भएमा वा वेसुरको कुरा गरेमा
५। मुख वाँगिएमा
६। विहान उठ्ने वेलादेखि टाउको दुखेमा,खोक्दा दुखाई बढेमा
७। हिँड्दा अप्ठ्यारो भएमा
८। धेरै रिंगटा लागेमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *