uncategorized
मनकामना माइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल
सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत २०७६ साल जेठ १९ गते रविबार नेपाल सम्बत ११३९ वछलागा तदनुसार सन् २०१९ जुन २ तारिक कृष्णपक्ष चतुर्दशी तिथि अपरान्ह ४ वजेर २८ मिनेटसम्म उप्रान्त औसी तिथि,कृतिका नक्षत्र राती १ वजेर ३ मिनेटसम्म उप्रान्त रोहिणी नक्षत्र,अतिगण्डयोग,शकुनीकरण,आनन्दादियोग धुम्र,सूर्य वृष राशीमा, चन्द्रमा विहान ६ वजेर ४५ मिनेटसम्म मेष उप्रान्त वृष राशीमा ।
शुभ अशुभ मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४मिनेटबाट मध्यान्ह १२ वजेर २९ वजेसम्म रहनेछ । सामान्य गुली–अपरान्ह३ वजेर २८ मिनेटबाट ५ वजेर ११मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह५ वजेर ११ मिनेटबाट ६वजेर ५४मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–मध्यान्ह१२ वजेर २ मिनेटबाट अपरान्ह १ वजेर ४५मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–अपरान्ह५ वजेर ४ मिनेटबाट ५ वजेर ५९मिनेटसम्म रहनेछ ।
शुभ अशुभ दिनबार वेला
सूर्योदयबाट प्रातः ६ वजेर ५३मिनेटसम्म उद्वेग वेला,६ वजेर ५३मिनेटबाट ८ वजेर ३६मिनेटसम्म चर वेला,८ वजेर ३६मिनेटबाट १० वजेर १९मिनेटसम्म लाभ वेला,१० वजेर १९मिनेटबाट १२ वजेर २मिनेटसम्म अमृत वेला,१२ वजेर २मिनेटबाट १ वजेर ४५मिनेटसम्म काल वेला,१ वजेर ४५मिनेटबाट ३ वजेर २८मिनेटसम्म शुभ वेला,३ वजेर २८मिनेटबाट ५ वजेर ११मिनेटसम्म रोग वेला र ५ वजेर ११मिनेटबाट सूर्यास्तसम्म उद्वेग वेला रहनेछ ।
शुभ अशुभ रात्री बार वेला
सूर्यास्तबाट ८ वजेर ११मिनेटसम्म शुभ वेला,८ वजेर ११मिनेटबाट ९वजेर २८मिनेटसम्म अमृत वेला,९ वजेर २८मिनेटबाट १० वजेर ४५मिनेटसम्म चर वेला,१० वजेर ४५मिनेटबाट १२ वजेर २मिनेटसम्म रोग वेला,१२ वजेर २मिनेटबाट १ वजेर १९मिनेटसम्म कालवेला,१ वजेर १९मिनेटबाट २ वजेर ३६मिनेटसम्म लाभ वेला,२ वजेर ३६मिनेटबाट ३ वजेर ५३मिनेटसम्म उद्वेग र ३ वजेर ५३मिनेटबाट सूर्योदयसम्म शुभ वेला रहनेछ
मेषः–आर्थिक चलखेल बढि हुनसक्छ सचेत रहनुहोला । असहमतिका बीच काम गर्नु पर्नेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा पनि हेलचक्र्याई नगर्नु होला । घरका कुरा धेरै गर्नु पर्ला । विश्वास र भरोसमा काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।
वृषः– समस्या सँग लड्न सक्ने तागत मिल्नेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।
मिथुनः– समयले साथ दिने छैन । गलत सवित गराउन खोज्दै छन् सर्तक रहनुहोला । दैनिक काममा अवरोध आउने देखिन्छ । समस्याको वोझले थिच्नेछ । खर्च वृद्धि हुदा आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । विश्वास घात हुनसक्छ । जोखिम पूर्ण यात्रा नगर्नु होला । सरकारी काममा हेलचक्र्याई नगर्नु होला ।
कर्कटः– बातावरण अनुकुल नै बन्नेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योगछ । साझेदारी काममा हात नहाल्नु होला ।
सिंहः–पूर्ण विश्वासमा काम गर्दा खासै फरक पर्ने छैन । काम गर्दा सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । विरोधी कमजोर हुनेछन् । राजनैतिक क्षेत्रबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।
कन्याः– समयमा सामान्य सुधार आउनेछ । अरुका काममा व्यस्त हुदा आफ्ना काम ओझेलमा पर्ने छन् । अरुको कल्याणमा आफ्नो भविष्य नदेख्नु होला । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । साथी भाईबाट सामान्य सहयोग मिल्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।
तुलाः– दिन प्रतिकुल देखिन्छ । स्थिति भङ्ग हुनेछ भने बेस्थिति बढ्नेछ । उपलब्धिको यात्रामा तगारो लाग्नेछ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । यत्नपूर्वक गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ ।
वृश्चिकः–हात फुकाएर काम गर्नु होला,हात थाप्नु पर्ने छैन । जीवन साथीको सहयोगमा महत्वपूर्ण काम बन्नेछ । उपलब्धिका मार्गहरु खुल्ने छन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानभूति हुनेछ । राजनैतिक सक्रिय बढ्नेछ । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ ।
धनुः– काम गर्दा असहज महशुस हुनेछ । आफ्नो लागि जिम्मेबार कोहि हुने छनै आफै बन्नु होला । काम गर्दा धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास कसैलाई नगर्नु होला ।
मकरः– अलमलमा नपर्नु होला । एकै चोटी चारैतिर हात नहाल्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । जीवन साथिको सहयोगमा काम गर्दा थोरै सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।
कुम्भः– पारिवारिक समस्या बढ्ने छन् । घमण्ड नगर्नु होला,चक्रव्यूमा पर्न सकिन्छ सतर्क रहनुहोला । विना योजना विना तयारी केहि नगर्नु होला । लगनशिल भई गरेका कामबाट थोरै लाभ हुनेछ । परभावको सम्भावनालाई नकार्न सकिन्न । राजनैतिक मुद्धामा नअल्झिनु होला । व्यापारमा मन्दि आउनेछ ।
मिनः– काम गर्ने वातावरण बन्नेछ । समयको सदुपयोग गर्नु होला । गरेका काम अधिकाँश सफल हुनेछन् । अरुको भरमा होईन आफ्नै बाहुबलबाट काम सम्पादन गर्नुहोला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ । इज्जत प्रतिष्ठा जोगिने काम हुनेछ । शैक्षिक मार्ग आँशिक सफल देखिन्छ ।

