uncategorized

ज्ञानेन्द्र शाही आतंककारी र विप्लब कार्यकर्ता हुन् भन्दै अफवाह फैलाइयो : डा. सुरेन्द्र भण्डारी

ज्ञानेन्द्र शाहीलाई दिईएको यातना अन्तराष्ट्रिय कानुनको विरुद्धमा रहेको डा. सुरेन्द्र भण्डारीले बताएका छन्।शनिबार गरिएको नेपालका लागि नेपाली अभियानको कार्यक्रममा उनले ज्ञानेन्द्र शाहीको रिहाईको माग गर्दै उनीमाथि भएको हिँसा निन्दनीय रहेको उल्लेख गरेका छन्। ज्ञानेन्द्र शाहीको पक्षमा हजारौ नागरिक वानेश्वरस्थित उत्रिएका थिए।

उनले शाहीमाथि हिसा गर्नेलाई कानुनको दायरामा नलाएमा सर्वच्च अदालतमा जाहेरी लिएर जाने चेतवानी दिएका छन्। वीर अस्पतलामा उपचार्थ ज्ञानेन्द्र शाहीलाई त्यहाँका डाक्टरले समेत् विप्लबको कार्यकर्ता र आतंककारी भन्दै अफावाह फैलाएकोमा भण्डारीले आपत्ति जनाए।

सरकारले उनको उपचार समेत् नगरेको र आफुहरुले नै पैसा उठाएर उपचार भईरहेको उनको भनाई छ। ज्ञानेन्द्र शाहीको समर्थनमा एक युवाले शनिबार ५ बजे देखि आमाराअनसन बसेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *