खेलकुद

प्रधानमन्त्री क्रिकेट कपः प्रदेश ३ विजयी

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं ३ विजयी भएको छ । प्रदेश नं ३ ले प्रदेश नं ५ लाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको प्रदेश ५ ले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उप–कप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित प्रदेश ३ लाई जीतका लागि १२३ रनको लक्ष्य दिएको थियो । प्रदेश ३ ले उक्त लक्ष्य २१ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । प्रदेश ३ का लागि रित गौतमले सर्वाधिक ३७ रन बनाए । यस्तै रवीन जोशीले ३५, इशान पाण्डेले २१ र आदिल खानले १२ रन बनाए । बलिङतर्फ प्रदेश ५ का अनिल खरेल र सिद्धान्त शाहीले दुई÷दुई विकेट लिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *