समाचार

महिला प्रहरीलाई नै बारम्बार यौन प्रस्ताव राख्ने स्वकीय सचिव बर्खास्त

काठमाडौं । महिला प्रहरीलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव पदबाट बर्खास्त भएका छन् । सुदुरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइएको छ ।

उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक उपसभामुखका फेसबुक म्यासेन्जरबाट यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट हटाइएको छ ।

स्वकीय सचिव भट्टले उपसभामुख जोशीकी अंगरक्षक महिला प्रहरीसित म्यासेन्जरबाट बारम्बार यौन प्रस्ताव गरी मानसिक यातना दिएको भन्दै सञ्चारमाध्याममा उनले गरेको कुराकानीसहितको म्यासेन्जर सम्वाद बाहिरिएपछि भट्टलाई स्वकीय सचिवबाट हटाइएको उपसभामुखको सचिवालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *