समाचार

नेकपा र फोरमबिच पार्टी एकताको तयारी

जेठ २१, २०७५ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ। नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो। शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रुपमा नआएको स्रोतको दावी छ। नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताए। फोरम अध्यक्ष यादव मधेस आन्दोलनबाट नेपाली राजनीतिमा चर्चामा आएका नेता हुन् ।

फोरम नेपालको अध्यक्ष हुनुअघि उनी तत्कालिन नेकपा एमाले हुँदै नेकपा माओवादी राजनीतिमा सक्रिय थिए। अध्यक्ष याद आफै कम्युनिष्ट हुन र फोरममा पूर्वएमालेका कम्युनिष्ट नेताहरुको निर्णायक सहभागिता हुनुले फोरम र नेकपाबीचको पार्टी एकता सम्भव रहेको एक नेताले बताएको खबर राजधानी दैनिकमा छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *