समाचार
बाराको सिमरामा भारतीय ट्रकमा आगजनी !
सिमरा , बारामा अज्ञात समुहले एक लरीमा आगजनी गरेको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आईतबार बिहान रोकिराखेको भारतीय ट्रक लरीमा आगजी गरेको हो ।नेपाल–भारत पेट्रोलियम पाईपलाईन का लागी पाईप बाकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरीमा आगजनी भएको हो ।आगजनी कसले र किन ग¥यो भन्नेबारे अनुसन्धान भैरहेको बाराका प्रहरी प्रबक्ता रञ्जित सिंह राठोरले जानकारी दिए ।जिल्लाका अन्य स्थानमा भने अवस्था समामान्य रहेको उनले बताए ।
बिप्लब नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण राजमार्गमा सवारीको चाप न्युन देखिएको छ । यद्यपी प्रहरीले भने बन्दको बेला हुनसक्ने अवांक्षित कृयाकलापलाई मध्येनजर गर्दै जिल्लाको शान्ति शुरक्षा चुस्त बनाईएको बताएको छ । त्यस्तै विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ ।त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् ।



