समाचार

एक सय २० किलो गाँजासहित पक्राउ

प्रहरीले ट्रक धनी तथा चालक मकवानपुरको राँक्सीराग गाउँपालिकाका २८ वर्षीय सुकुलाल थिङ र ट्रकमा सवार राँक्सीराग गाउँपालिकाकै नमराज दर्जीलाई पक्राउ गरी अनुसन्धान तथा कारवाही अगाडि बढाएको जनाएको छ ।

प्रदेश नं ३ प्रहरी कार्यालयमा प्राप्त विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ । कसुर सावित भएमा लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि रु एक लाखसम्म जरिवानाका साथै सवारीसाधनसमेत जफत हुने प्रावधान छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *