बिचार/ब्लग
भाग्य अनुसार हेर्नुहोस आजको राशीफल

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत २०७६ साल जेठ ९ गते विहिबार नेपाल सम्बत ११३९ वछलागा तदनुसार सन् २०१९ मे २३ तारिक कृष्णपक्ष पञ्चमी तिथि राती ४ वजेर २७ मिनेट सम्म उप्रान्त षष्ठी तिथि,पूर्वषाढा नक्षत्र विहान ६ वजेर १ मिनेटसम्म उप्रान्त उत्तरषाढा नक्षत्र, शुभयोग,कौलवकरण, आनन्दादियोग धाता,सूर्य वृष राशीमा,चन्द्रमा मध्यान्ह १२ वजेर २८ मिनेटसम्म धनु उप्रान्त मकर राशीमा ।
शुभ अशुभ मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३३ मिनेटबाट मध्यान्ह १२ वजेर २७ वजेसम्म रहनेछ । सामान्य गुली–विहान ८ वजेर ३६ मिनेटबाट १० वजेर १८ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह १ वजेर ४२ मिनेटबाट ३ वजेर २४ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ५ वजेर १३ मिनेटबाट ६ वजेर ५४ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ९वजेर ४५ मिनेटबाट १० वजेर ३९ मिनेटसम्म र अपरान्ह ३ वजेर ११ मिनेटबाट ४ वजेर ५ मिनेटसम्म रहनेछ ।
बार वेला
सूर्योदयबाट प्रातः ६ वजेर ५४ मिनेटसम्म शुभ वेला,६ वजेर ५४ मिनेटबाट ८ वजेर ३६ मिनेटसम्म रोग वेला,८ वजेर ३६ मिनेटबाट १० वजेर १८ मिनेटसम्म उद्वेग वेला,१० वजेर १८ मिनेटबाट १२ वजेसम्म चर वेला,१२ वजेबाट १ वजेर ४२ मिनेटसम्म लाभ वेला,१ वजेर ४२ मिनेटबाट ३ वजेर २४ मिनेटसम्म अमृत वेला,३ वजेर २४ मिनेटबाट ५ वजेर ६ मिनेटसम्म काल वेला र ५ वजेर ६ मिनेटबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।
बार वेला
सूर्यास्तबाट ८ वजेर ७ मिनेटसम्म अमृत वेला,८ वजेर ७ मिनेटबाट ९वजेर २५ मिनेटसम्म चर वेला,९ वजेर २५ मिनेटबाट १० वजेर ४३ मिनेटसम्म रोग वेला,१० वजेर ४३ मिनेटबाट १२ वजेर १ मिनेटसम्म काल वेला,१२ वजेर १ मिनेटबाट १ वजेर १९ मिनेटसम्म लाभ वेला,१ वजेर १९ मिनेटबाट २ वजेर ३७ मिनेटसम्म उद्वेग वेला,२ वजेर ३७ मिनेटबाट ३ वजेर ५५ मिनेटसम्म शुृभ र ३ वजेर ५५ मिनेटबाट सूर्योदयसम्म अमृत वेला रहनेछ ।
शुभ अशुभ राशीफल
मेषः– समयको गति सगै काममा सुधार आउनेछ । भाग्यले कम साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । बहिर्मुखबाट अन्तर्मुखि काम हुनेछनेछन् । अवरोध गर्नेहरु विस्तारै अस्ताउने छन् । विशेष गरेर अपरान्ह देखि समयले दिनेछ । नयाँ नयाँ अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । व्यापारमा उधारो कारोवार नगर्नु होला ।
वृषः– दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । समस्याबाट मुक्ति मिल्ने छैन । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अपरान्हबाट समय सामान्यकरण हुदै जाने देखिन्छ । धार्मिक कार्यमा सरिक हुने अवस्था आउन सक्छ । मानसिक तनावमा कमि आउनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।
मिथुनः– पूर्वान्ह जति अपरान्ह अनुकुल हुने छैन । समयमा गरेका कामबाट धेर थोर लाभ हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । अपरान्हबाट समय प्रतिकुल हुनेछ । तपाईको स्वास्थ्य कमजोर बन्नेछ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ । चिन्ता थपिनेछ ।
कर्कटः– थोरै प्रयत्न गरेमा पुराना समस्याको टुङ्गो लाग्न सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । अपरान्हबाट काममा सहजीकरण हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ ।
सिंहः– पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काम गर्ने सहज वातावरण देखिन्न । संघर्ष गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । रिस,डाहा गर्नेको संख्या बढ्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । साँझपखको समय बढि तनाव पूर्ण हुनसक्छ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।
कन्याः– समस्याको भुमरीबाट पार पाउने देखिन्न । सहज बातावरणमा काम गर्न पाईने छैन । भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने उपलब्धिका अवसरहरु गुम्नेछन् । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ । सहयोगी हात कर्म फेला पर्ने छन् ।
तुलाः– आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । समयमा गरेका काममा पूर्ण सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । राती समान चोरी हुनसक्छ ।
वृश्चिकः– दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । आफनै प्रयासमा नयाँ काम हात पार्न सकिनेछ । आर्थिक समस्या समाधान भएर जाने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर मिल्नेछ । विदेशको चाहाना बढ्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ ।
धनुः– काम गर्नको लागि पूर्वान्ह जति सजिलो अपरान्ह हुने छैन । समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । आर्थिक कारोवारमा थोरै सावधानी अप्नाउनु होला । साँझपख खर्च बढ्न सकछ । आफ्नै कुराले आफैलाई अप्ठ्यारो पर्न सक्छ । नजिकका मानिसबाट विश्वास घात हुने खतरा रहनेछ । व्यापारमा गिरावट आउनेछ ।
मकरः– अधिकाँश समय अनुकुल देखिदैन । कमाउने भन्दा गुमाउने बढि हुनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन । आफन्तबाट झुट्टा आश्वासन मिल्नेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ ।
कुम्भः–समयको सदुपयोग गर्नु होला । समयमा गरेका अधिकाँश काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । अपरान्ह देखि समय विस्तारै प्रतिकुल हुनेछ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । अनावस्यक चिन्ता बढ्नेछ । राती धन सम्पति चोरी हुनसक्छ । गलत विचार बढ्नेछ ।
मिनः–समग्रमा दिन अनुकुल देखिन्छ । कार्य क्षमता घट्ने छैन । आम्दानीका हिसावले दिन उत्तम रहेको छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । थोरै प्रयत्न गरेमा पुराना समस्या सल्टिने छन् । खुट्टो तान्न खोज्ने आफै तन्किने छन् । सहयोगी हात भेटिने छन् । भाग्यले साथ दिनेछ । एजेन्सिका कामबाट बढि लाभान्वित हुनुहुनेछ ।