समाचार
सलमान खानले आफ्नी पूर्व प्रेमीका ऐश्वर्या रायलाई क्रप गरेर सेयर गरेको पुरानो तस्बिर बन्यो भाइरल
एजेन्सी । बलिउड सुपरस्टार सलमान खानले आफ्नी पूर्व प्रेमीका ऐश्वर्या रायलाई क्रप गरेर सेयर गरेको पुरानो तस्बिर अहिले भाइरल बनिरहेको छ । फिल्म ‘मलाल’ को ट्रेलर लञ्च भएपछि त्यसको चर्चासँगै सलमान खानले शुभकामना दिनका लागी शेयर गरेको तस्विरमा अटाएकी ऐश्वर्यालाई क्रप गरेर स्बिर सेयर गर्दै उनलाई भविष्यका लागि शुभकामना दिएपछि अहिले ऐश्वर्याको खोजी भइरहेको छ । उक्त तस्विर सेयर भएसँगै यो तस्बिरमा प्रशंसकको ध्यान शर्मिनभन्दा कुनै अन्य व्यक्तिमा अडियो र धेरैले ऐश्वर्यालाई खोजी गरेका छन् ।
जुन तस्बिर संजय लीला भंसालीको फिल्म ‘हम दिल दे चुके सनम’ को सेटको हो । तस्बिरमा शर्मिन सलमानसँग आफ्नो अंकललाई केल खुवाइरहेकी छिन् । सलमान खानले सेयर गरेको शर्मिनको वाल्यकालको तस्बिरमा उनी सानी छिन् । तस्बिरमा शर्मिन सलमानसँग आफ्नो अंकललाई केल खुवाइरहेको देखिन्छ भने ऐश्वर्या पछाडी उभिएकी छिन् । हम दिल दे चुके सनममा सलमान खान र ऐश्वर्या रायको अफेयरको चर्चासँगै फिल्मले पनि राम्रो ब्यापारीक सफलता पाएको थियो ।


