समाचार

मिडियाले आफ्ना बारेमा पनि बेलाबेलामा लेख्ने गरेपनि मैले कहिल्यै प्रतिबन्ध लगाउने कानून ल्याइन

विराटनगर – काँग्रेस सभापति शेरबहादुर देउवाले मिडियाले आफ्ना बारेमा पनि बेलाबेलामा लेख्ने गरेपनि आफुले कहिल्यै प्रतिबन्ध लगाउने कानून नल्याएको बताए । सभापति देउवाले संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसदबाट पारित गर्न नदिने चेतावनी दिए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै देउवाले गलत समाचार लेख्ने पत्रकार र सञ्चार माध्यगम आफै। सकिएर जाने बताए ।

त्यस्तै उनले केपी ओली नेतृत्वको सरकारले डेढ वर्षमा एउटा सिन्को समेत भाँच्न नसकेको आरोप लगाएका छन् ।देउवाले आगामी दिनमा पनि सरकारले मुलुक र जनताको हितमा सिन्को नभाँच्ने दाबी गरे । ‘सरकार भनेको डेढ वर्षमा सिन्को समेत भाँचेको छैन’, उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *