समाचार
विकास निर्माणका बाँकी काम पूरा गर्छु- भण्डारी

फागुन १०, आइतबार २०८२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार बदन कुमार भण्डारीले काभ्रे क्षेत्र नं. २ का मतदातासमक्ष अपेक्षाभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काभ्रे–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा आफ्नो वाचा–पत्र सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले निर्वाचन लक्षित वाचा–पत्रमा सुशासन, पारदर्शिता र समग्र विकासलाई मुख्य प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। “अब पुस्तासँग चुनाव लडेको हुँ,” भन्दै ३३ वर्षीय युवा उम्मेदवार भण्डारीले आफूलाई काम गर्ने अवसर दिन मतदातासँग आग्रह गर्नुभयो।
भण्डारीले विगतमा योगदान पुर्याएका अन्य दलका नेताहरूप्रति सम्मान व्यक्त गर्दै अब नयाँ पुस्तालाई विकास निर्माण र नीति निर्माणको जिम्मेवारी दिनुपर्ने धारणा राख्नुभयो।
उहाँले काभ्रे क्षेत्र नं. २ लाई उदाहरणीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित निर्वाचन मैदानमा उत्रिएको स्पष्ट पार्नुभयो।
