११ वर्षीया तेक्वान्दो खेलाडी रिता ललितपुरको धोविघाटबाट दुई दिनदेखि बेपत्ता

अ+
अ
अ-

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे घर भइ हाल कर्थली तेक्वान्दो डोजाङ्गमा आवद्ध ११ बर्षकी बालिका गत शुक्रवारदेखि हराइरहेकी छिन् । हराउनेमा रिता तामाङ्ग रहेकी छन् । बालिका ललितपुरको धोविघाटबाट हराएकी हुन् ।
उनी न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्धारा आयोजित रास्ट्रिय प्रतियोगितामा सहभागी हुन सिन्धुपाल्चोकबाट राजधानी आएकी थिईन ।

कार्यक्रम चलिरहँदा गत शुक्रबार अपरान्ह १ बजे ‘खाजा खान जान्छु’ भनेर उनी धोबीघाटस्थित कार्यक्रमस्थलबाट बाहिर निस्किएकी थिइन । त्यसपछि उनी सम्पर्क बिहिन भएकी हुन् ।यी बालिकालाई देख्नुहुने व्यक्तिहरुले तलको सम्पर्क नम्बरमा सम्पर्क गरिदिनुहुन वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । सम्पर्क नम्बर स्( ढडछज्ञज्ञद्दण्टद्दघ ढडटटद्दटद्दद्धज्ञज्ञ ढडटण्ज्ञडछडढड