नर्सिङ संघको भवन शिलान्यास

अ+
अ
अ-

विराटनगर / नेपाल नर्सिङ संघ मोरङको नयाँ भवन विराटनगर महानगरपालिका–४ कन्चनबारीमा निर्माण हुने भएको छ । भवनको सोमबार एक कार्यक्रमकाबीच मेयर भीम पराजुलीले शिलान्यास गरे । कन्चनवारीमा नोबेल शिक्षण अस्पतालले उपलब्ध गरााएको १० धुर क्षेत्रफलमा ४ कोठाको भवन निर्माण हुने भएको हो । भवनको शिलान्यास गर्दै मेयर पराजुलीले नर्सिङ पेशा र त्यसका हकअधिकारका विषयमा संस्थाले उपलब्धीमूलक कार्य गर्नु पर्नेमा जोड दिए । नर्सिङ पेशामा हुने गरेका श्रमशोषण तथा आर्थिक पाटोलाई समेत संस्थाले सम्बोधन गर्नु पर्ने उनको भनाइ छ ।