काठमाडौं ।गुण्डा विष्णु तामाङ्गलाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको काले भनिने तामाङ्ग थिए ।
प्रहरीले तामाङ्गलाई गोलि प्रहार गरि पक्राउ गरेको हो। प्रहरीले प्रहार गरेको गोली तामाङ्गको दायाँ खुट्टामा लागेर घाइते घाइते ब्भेका थिए। घाइते तामाङ्गको बीर अस्पतालमा भइरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङ्गको दायाँ घुँडामा गोली लागेको जानकारी दिए ।
थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो । यसैक्रममा तामाङ्ग टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्राउ गर्न सोमबार बिहान ८ बजे त्याहा गएको थियो ।
नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थापाले बताए।
सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए । यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेको छ ।



