अ+
अ
अ-
भारतमा सम्पन्न लोकसभा निर्वाचनपछि आइरहेका एक्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणका नतिजामा नरेन्द्र मोदी पुन: प्रधानमन्त्री हुने देखिएको छ।
मोदीको निर्वाचन क्षेत्र रहेको वाराणसी लगायत क्षेत्रमा आइतवार अन्तिम चरणको मतदान सम्पन्न भएको हो।
सातौँ चरणको निर्वाचनमा साँझ पाँच बजेसम्म ६१ प्रतिसतले मतदान गरेका थिए।
जसमा चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए।
- नरेन्द्र मोदी फेरि भारतका प्रधानमन्त्री बन्ने आकलन, आधार कस्ता छन्
- भारतीय निर्वाचनबारे जान्नैपर्ने पाँच कुरा
एक महिनाभन्दा बढी समय लगाएर भारतका दश लाख मतदान केन्द्रमार्फत् मतदान भएका थिए।
निर्वाचनको परिणाम मे २३ तारिखका दिन अर्थात् आगामी बिहीवार घोषणा हुने बताइएको छ।



