१८ घण्टा लामो ध्यानबाट निस्केका मोदीले के मागे भगवानसँग ? दिए यस्तो जवाफ

अ+
अ
अ-

एजेन्सी- उत्तराखण्डस्थित केदारनाथ मन्दिरको गुफामा १८ घण्टा लामो ध्यानमा बसेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले भगवानसँग केही नमागेको बताएका छन्।

लोकसभाको चुनाब प्रचार प्रसार सकेर ध्यानमा बसेका मोदीले केही नमागेको बताएका हुन् ।उनले पत्रकारलाई जवाफदिँदै भने ‘भगवानसँग माग्ने प्रवृत्तिसँग म सहमत पनि छैन।’ लामो अन्तरालपछि ध्यानको विशेष अनुभव प्राप्त गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

समचारमा जनाइए अनुसार मोदी ध्यानमा बसेको गुफामा टेलिफोन र वाइफाईसहित शौचालय तथा अन्य आधारभूत सुविधा उपलब्ध थियो । केदारनाथमा पूजा गरेर उनी आइतबार सबेरै बद्रिनाथ पुगेका छन्।