आज मूल्य बढ्यो डलरको, हेर्नुहोस कुन देशको विनिमयदर कति ?

अ+
अ
अ-

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७८ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ २६ पैसा र बिक्रिदर ३७० रुपैयाँ २३ पैसा रहेको छ ।कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ ।