अ+
अ
अ-
झापा / झापाको बुट्टाबारीमा एक अपाङग व्यक्तिको झुण्डिएको अबस्थामा शव फेला परेको छ । बुट्टाबारी बजार नजिक जंगलको चौतारीमा घाँटीमा पासो लगाएको अवस्थामा बिहान १० बजे शव भेटिएको हो ।
मृतकको नाम भने खुल्न सकेको छैन । मृतकको ढाँड लामो समयदेखि नचल्ने र सुस्त मनस्थितिका व्यक्ति भएको बताइएको छ । शवको प्रकृति हेर्दा शंकाष्पद देखिएकाे छ । ति व्यक्तिले शरिर भन्दा होचो भागमा डोरीले पासो लगाएका छन् । यता झापा प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ ।



