अ+
अ
अ-
सर्लाही / नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा शनिवार साँझ स्कारपियोको ठक्करबाट भैंसी चराउँदै गरेका बावु छोराको मृत्यु भएको छ । सडक छेउमा भैंसी चराइरहेका बेला नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको बा १९ च २५८८ नम्वरको स्कारपियोले अनियन्त्रित भइ ठक्करदिँदा सोही ठाउँका ४० वर्षीय जयसी राय र उहाँका छोरा १० वर्षीय लक्ष्मण रायको मृत्यु भएको हो ।
दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाईते जयसीलाई उपचारका लागि हरिवनतर्फ ल्याउँदैगर्दा बाटैमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा संलग्न स्कारपियो क्षेतविक्षेत अवस्थामा घटनास्थलमै छ । चालक प्रहरी नियन्त्रणमा छन् । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।



