घरमा छापा : ३५८ किलो गाँजा र सात किलो चरेश बरामद गर्यो प्रहरीले

अ+
अ
अ-

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आज ३६५ किलो लागुऔषध गाँजा र चरेश बरामद गरेको छ ।
प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार पटेर्वा सुगौली गाउँपालिका–४ देउरीया टोलमा एक घरमा छापा मार्दा ३५८ किलो गाँजा र सात किलो चरेश बरामद गरिएको हो ।

प्रहरीले सोही ठाउँबाट चरेश बनाउने तीन वटा मेसिन, प्याकिङ गर्ने तीन बोर प्लाष्टिक र १९ थान काठको फर्मा समेत बरामद गरेको बताइएको छ । अवैध रुपमा लागुऔषध भण्डारण गरी राखिएको सूचना प्राप्त भएपछि देउरिया टोलका तुसर माझिको घरमा छापा मार्दा उक्त लागुऔषध भेटिएको भए पनि घरधनी माझिको मृत्यु भइसकेकाले कसैलाई समात्न नसकिएको प्रहरीले जनाएको छ ।