अ+
अ
अ-
पाल्पा – पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४ बौरिडाँडाँमा प्रसाद खाएकाहरु बिरामी परेका छन् । छिमेकीको १३ दिने पुण्य तिथिमा प्रसाद खाएकामध्ये ९५ जना झाडापखाला लागेर बिरामी परेका हुन् ।यस्तै १२ जनालाई गाउँमै सलाइन पानीसहितको औषधि दिइएको छ भने अरुको पनि उपचार भैरहेको बताइएको छ ।
बिरामी परेका मध्ये १३ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ ।फूड प्वाइजनका कारण बिरामी परेको आशंका गरिए पनि यथार्थ पत्ता लाग्न सकेको छैन ।अहिले घटनास्थलमा डाक्टरहरु पुगेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।



