आफ्नै दाजुद्धारा पत्नि अञ्जनाको हत्या भएपछि स्वर्गीय पत्निलाई सम्झिँदै यस्तो मनछुने स्ट्याटस लेखे पति प्रज्ज्वलले

अ+
अ
अ-

काठमाडौँ ।अहिले ललितपुर महानगरपालिकाको ढोलाहिटीमा भएको जेठाजुद्वारा बुहारीको हत्या प्रकरण निकै चर्चामा छ। यो प्रकरण मिडिया देखि सामाजिक संजाल सम्म निकै चर्चा चलिरहेको छ ।यस हत्या प्रकरण को अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।ललितपुर महानगरपालिका९२६ ढोलाहिटी मा गत हप्ता आफ्नै घरमा २५ वर्षीया अञ्जना लामा महतको जेठाजु उज्वल महतले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

आफ्नै जेठाजुले भाइ९बुहारीको हत्या किन गरे भन्ने बारे अहिले अनुसन्धान भइरहेको छ। उज्ज्वल महत माथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उज्ज्वल महतलाई मानसिक रोगि समेत भनिएको छ ।ञ्जनाको हत्या भएपछि माइतीपक्ष मात्र नभई परिवारपक्ष पनि ठूलो पिडामा रहेका छन् । हत्या गरिएकी अञ्जनाका श्रीमान प्रज्जवल महतले केहि दिन अगाडी सामाजिक संजाल मार्फत श्रीमतीको चिर९शान्तिको कामना गर्दै आफ्नो पिडा पोखेका छन्।

उनले फेसबुकमा लेख्छन् – केही दिन अगाडी भएको अप्रत्याशित घटनाले मेरो जीवनमा ठुलो भुँइच्यालो ल्याएको छ र म पूरै स्तब्ध छु। मैले सामाजिक संजालहरु हेर्न पनि सकेको छैन। सबैमा उही एउटै कुरा मात्र थियो र मिडियाहरुलाई पनि म अनुरोध गर्छुकी जथाभावी समाचार नबनाउनु होला, सत्य तथ्य मात्रै बुझेर लेख्नु होला। यो सबै घटनाको अनुसन्धान भैरहेको छ र दोषी माथी कारवाही पनि हुन्छ र अपराधीलाई कडा भन्दा कडा सजाय होस् पनि भन्छु ।

केही गरि यसमा कसैको मिलेमत्तो छ भने त्यसमा पनि कारवाही हुन्छ । त्यसैले सबै जना आफैँ न्यायाधीश नबन्नु होला । अहिले हामी यस्तो दुखको घडीमा छौँ । म लगायत मेरो परिवार र मेरो ससुराली परिवार पनि।मेरो बुढीको आत्माले स्वर्गमा बास पाओस् साथै न्याय पनि ,धेरै माया र तिमीलाई जहिले पनि माया गरिरहनेछु बुढी