कञ्चनजंघा आरोहणका क्रममा २ जनाको मृत्यु, एकजना बेपत्ता

अ+
अ
अ-

काठमाडौँ । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको हो । मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागले जनाएको छ ।

कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो।त्यसैगरी दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन्। उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथीबाट हराएको हुनसक्ने अनुमान गरिएको छ।

यसैबीच भारतीयहरुको शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइने बताइएको छ । हराएका रोडरीगोको खोजी भइरहेको छ।