पत्निलाई एसिड प्रहार गरेर घाइते बनाएका युवकले दिएका रहेछन् कल्पना नै गर्न नसकिने पिडा

अ+
अ
अ-

काठमाडौँ । राजधानी काठमडौँमा नै आफ्नी श्रीमतीमाथी एसिड प्रहार गरेका पतिले आफ्नो अपराध स्वीकारेका छन्। घटना बुधबारको हो । पत्नि जेनी खड्का माथि एसिड प्रहार गरेको आरोपमा पक्रउ परेका २८ वर्षीय विष्णु भुजेलले महानगरीय प्रहरी परिसरमा राखिएका खड्काले पारिवारिक झगडापछि रिसको झोकमा आँफुले पत्निलाई एसिड प्रहार गरेर अपराध गरेको भन्दै स्विकार गरेका हुन् । माइतिको डेरामा बसेर छोरालाई आफूसँगै हुर्काउँदै गरेकी जेनी विणुकी कान्छी श्रीमती हुन् ।
विष्णुले पछिल्लो समय अर्की श्रीम्ती ल्इाएपछि नेनी अलग्गै बस्दै आएकी थिइन् ।

प्रहरीसँगको बयानमा विष्णुले पटक पटक घरमा नै बोलाउन अटेरी गरेको भन्दै एसिड प्रहार गरेर बताएका छन् । विष्णुले जेनीको उमेर १४(१५ वर्ष हुँदा नै भगाएर विवाह गरेको रहस्य समेत प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् । आँफुले जति आग्रह गर्दा पनि नमानेपछि उनले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। एसिड आक्रमणबाट जेनी गम्भिर घाइते भएकी छिन् । उनको अनुहार, छाती, हातलगायतका अंगहरु जलेका छन्। जेनीको हाल कीर्तिपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।