अ+
अ
अ-
काठमाडौं । हिजो बुधबार ह्वात्तै घटेको सुनको भाउ आज सामान्य रुपमा उकालो लागेको छ। नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार हिजो तोलामा चार सयले घटेको सुनको मूलय आज तोलामा एक सय रुपैयाँले बढेको छ ।
हिजो ४ सय रुपैयाँले घटेर ६० हजार ६ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ६० हजार ७ रुपैयाँ पुगेको हो।त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ।
आज तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदीको मूल्य प्रतितोला ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।



