नेपाली २२ वर्षे चेली भारतमा सामूहिक बलात्कृत, रेल छुटेपछि सहयोग गर्ने भन्दै फकाएर गरे यस्तो ज्यादती

अ+
अ
अ-

काठमाडौं । नेपाली चेली भारतमा सामूहिक बलात्कारको शिकार बनेकी छिन् । दाइलाई भेट्न गत शनिबार मुम्बई गएकी २२ वर्षे युवती नयाँ दिल्लीको द्वार्कामा चार पुरुषद्धारा बलात्कृत बन्न पु्गेकी हुन् । भारतीय समाचार संस्थाहरुका अनुसार राजधानी काठमाडौँकी युवती नयाँ दिल्लीबाट मुम्बई जानका लागी रेल चढ्ने तयारीमा रहेको बेला ढिला स्टेशन पुगेका कारण उनको रेल छुट्यो । त्यसपछि उनी अब के गर्ने भनेर मानिसहरुसँग सोधपुछ गरिरहेकी थिइन् ।

त्यति नै बेला, एक व्यक्ति उनलाई सहयोगका लागि आए र आँफुले सहज विकल्प बताइदिने भन्दै लगेपछि अन्य साथीहरुसँग मिलेर सामूहिक बलात्कार गरेको प्रहरीले अनुसन्धानका क्रममा उल्लेख गरेको छ । पिडितले आँफुमाथी ज्यादतीका विषयमा उजुरी दिए लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको र बलात्कारीको नजिक पुगीसकेको उल्लेख गरेको छ ।