अ+
अ
अ-
काठमाडौँ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै जना भारतिय नागरिक रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।
आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अध्यक्ष केशव पौडेलका अनुसार मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन्।
मन्त्रालयका अनुसार एक जना सम्पर्कविहीन भएको बताइएको छ ।नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ।




