अ+
अ
अ-
काठमाडौं । गर्मी लागीसकेको छ । गर्मी महिनामा हावाहुरी चल्छ । जसको कारणले गर्दा स्वास्थ्य सम्बन्धि रोगहरु छिट्टै लाग्ने गर्छ । धुलो धुँवाको कारणले गर्दा पनि स्वास्थ्य छिट्टै बिग्रने गर्दछ । गर्मी महिनामा खानेकुराको कारणले गर्दा पनि पखला लाग्ने , खानेकुरा नपच्ने ,फुड प्वोइजन हुने गर्दछ । गर्मी महिनाबाट कसरी बच्न सकिन्छ भन्ने कुरा आज बताउन गईरहेका छौ ।
गर्मीमा बढी पसिना आउने कारणले गर्दा पानी धेरै पिउने गर्नु पर्दछ । शरीर स्वस्थ्य राख्नको लागी मौसम अनुसारको फलफूल तथा सागपातको सेवन गर्नु पर्दछ । बासी खानेकुराको सेवन गर्नु हुदैन् ।
गर्मी महिनामा हरेक समस्याले सताउने भएको कारणले गर्दा सरसफाईमा विशेष ध्यान दिनु पर्दछ । बाहिर हिड्दा स्कापको प्रयोग गर्ने र बाहिरको खानेकुरा धेरै नखाएको खण्डमा गर्मी बाट बच्न सकिन्छ ।



